जेठ ०५, २०८१, शनिबार
               

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आज पनि बालुवाटारमा छलफल

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आज (मंगलबार) पनि नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा दुई अध्यक्षबीच केही दिनदेखि निरन्तर छलफल भइरहेको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार आएका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच छलफल भइरहेको जानकारी दिए । 

यसअघि हिजो (सोमबार) पनि ओली–प्रचण्डबीच छलफल भएको थियो ।  करिब ३ घण्टासम्म भएको छलफलमा ठोस सहमति भने जुट्न सकेन । मन्त्रिपरिषद् पुनर्गठनकै लागि ओली र प्रचण्डबीच गत बिहीबारदेखि छलफल भइरहेको छ । 

मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए । 

असोज ४ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री बाहेकका सबै मन्त्री हटाएर नयाँलाई मन्त्री बनाउनुपर्ने धारणा राखेका थिए । 

तर, ओली त्यसमा सहमत छैनन् । उनी कार्यसम्पादन कमजोर भएकाहरुलाई हटाएर बाँकी नयाँ थपेर जाने पक्षमा देखिएका छन् । 

दुई अध्यक्षबीच केही मन्त्रालय फुटाएर भए पनि सहमति गर्न विषयमा पनि छलफल भइरहेको स्रोतले बताएको छ । 

यो पनि