जेठ ०६, २०८१, आइतबार
               

मन्त्रिपरिषद् पुनर्गठनपछि को–को बन्दैछन् मन्त्री ?
यसकारण भइरहेको छ ढिलाई

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि सहमति जुट्न सकेन । 

मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । पछिल्लोपटक सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि ठोस सहमति बन्न सकेन । मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रिमण्डल गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको दाबी छ । 

प्रधानमन्त्री केपी शर्मा ओली बाध्यात्मक हिसाबले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेको स्रोतको दाबी छ । स्रोतले भन्यो ‘मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन्, प्रचण्ड  भने दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।’

मन्त्रालयमा भागबण्डा नमिलेर मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भएको केही नेताहरु बताउँछन् । अध्यक्षद्वय र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई मन्त्रीहरुको भागबण्डा मिलाउनुपर्ने छ । एक स्थायी कमिटि सदस्यका अनुसार मुख्य मन्त्रालयमा भागबण्डा मिलेको छैन । अर्थ मन्त्रालय ओली आफैँले राख्न चाहेका छन् । युवराज खतिवडलाई विशेष आर्थिक सल्लाहकार बनाएर सचिवालयमा तानेपछि ओलीले अर्थ मन्त्रालय अरुलाई नदिने बुझाइ नेताहरुको छ ।

को–को बन्दैछन मन्त्री ?

मन्त्रिपरिषद पुनर्गठनको को चर्चा चलेपछि धेरैलाई चासो छ ‘अब मन्त्री बन्ने को–को हन् ? मन्त्रिपरिषद् पुनर्गठन गर्दा कति मन्त्री हटाउने भन्ने टुंगो लागिसकेको छैन् । अहिले ३ वटा मन्त्रालय रिक्त छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना मन्त्रालय रिक्त छ । त्यस्तै शहरी विकास मन्त्रालय रिक्त छ ।  रिक्त मन्त्रालय कम भए पनि आकांक्षीहरु धेरै छन् । यस्तै केही मन्त्रालय फुटाएर नयाँ मनत्रालय गठन हुनसक्ने समेत स्रोतको दावी छ ।  हाल १९ पूर्ण मन्त्रालयसहित ३ जना राज्यमन्त्री छन् । संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने व्यवस्था छ। यो प्रावधान टेकेर सबैलाई भाग पुग्ने गरी मन्त्रालय फुटाउन सक्ने देखिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै सांसदहरु मन्त्री बन्नका लागि लबिङ गर्न थालेका छन् । नेकपाभित्र एक किसिमले राजनीतिक माहोल गर्माएको छ। नेताहरुको दौडधुप जारी छ । बालुवाटार र खुमलटारमा सांसदहरुको दौडधुप बढेको नेताहरु बताउँछन् । ऊर्जा, जलस्रोत तथा सिँचाई, उद्योग, वाणिज्य तथा आपूर्तिलाई टुक्राएर ४ वटा मन्त्रालय बनाउने विषयमा पनि कुराकानी भएको एक नेताले बताए ।

मन्त्रीका लागि पूर्वएमालेको तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल, यज्ञराज सुनुवार, विशाल भट्टराई, विरोध खतिवडा, महेश बस्नेतलगायतको नाम चर्चामा छ । त्यस्तै पूर्व माओवादीतर्फ जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी लगायतको नाम चर्चामा छ ।


कस्तो लाग्यो ?

यो पनि