जेठ ०६, २०८१, आइतबार
               

कांग्रेसमा किचलो : देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस, रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई एक हप्ते अल्टिमेटम दिएका छन् । 

कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

सो बैठकअघि आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने पौडेल समूहको चेतावनी छ ।

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुने लगायतका मुद्दा उठाउँदै आएको छ ।

तर पार्टी सभापति देउवाले उक्त मुद्दाहरुमा कुनै सुनुवाई गरेका छैनन् ।

यसअघि हिजो पौडेल समूहले महामन्त्री शशांक कोइराला, कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित ज्ञापनपत्र पार्टी कार्यालयमा दर्ता गराइसकेको छ ।

ज्ञापनपत्रमा पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४औं महाधिवेशन स्वच्छ, निश्पक्ष गर्ने वातावरण सृजना गर्न आग्रह गरिएको छ । नभए वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुने सो समूहले चेतावनी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि