जेठ ०५, २०८१, शनिबार
               

मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयबारे ओली-प्रचण्डबीच छलफल

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी (नियमित) छलफल अन्तर्गत आज (सोमबार) पनि भेटवार्ता भएको हो ।

सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका थिए ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि ठोस सहमति जुट्न सकेको थिएन । 

मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो । 

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।

त्यस्तै समीकरण मिलाउन ओली र प्रचण्डबीच तीन वटा मन्त्रालय समेत टुक्र्याउने बारेमा समेत कुराकानी भइरहेको स्रोतले बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको स्रोतको भनाइ छ । 

यो पनि