मंसिर ०७, २०८१, शुक्रबार
               

पौडेल पक्षले तयार पारेको विरोध पत्रमा सिटौला पक्षले हस्ताक्षर नगर्ने

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला पक्षले हस्ताक्षर गर्न अस्विकार गरेको छ।

महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको विरोध पत्रमा सो पक्षले हस्ताक्षर गर्न अस्विकार गरेको हो । पौडेल पक्षले समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ-शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र तयार पारेको थियो । 

विरोधपत्रमा सिटौला पक्षको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयासअनुरुप गोप्य छलफल बसे पनि सो पक्षले विरोध पत्रमा हस्ताक्षर गर्न अस्विकार गरेको छ ।

आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए ।

मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै सिटौलाले पौडेल पक्षले उठाएको मुद्दामा आसन्न केन्द्रीय कार्यसमितिमा धारणा राख्ने बताएका छन् ।

यो पनि