जेठ ०८, २०८१, मंगलबार
               

ओली–प्रचण्ड भेट सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन सक्ने
तीन वटा मन्त्रालय टुक्र्याउने तयारी

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार ओली–प्रचण्ड छलफलपश्चात् तत्काल (आजभोलि) नै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना बढेको छ । ‘सकेसम्म आजै, नभएमा भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन भइसक्छ,’ बालुवाटार स्रोतले भन्यो ।

दुई अध्यक्षबीच तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति जुटेको स्रोतको दाबी छ । कुन मन्त्री हटाउने र कसलाई राख्ने भन्नेबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्र्याएर केही व्यक्तिलाई मन्त्री बनाउनेसमेत तयारी गरेका छन् । संविधानअनुसार २५ मन्त्री बनाउन सकिने प्रावधान छ । तीनवटा मन्त्रालय टुक्र्याउने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको दाबी छ । सबै मन्त्रालयलाई राज्यमन्त्रीविहीन बनाउने र खाली भएका मन्त्रालयमा मन्त्री थप्ने हो भने ६ जना मन्त्री थप्न मिल्छ ।

यो पनि