जेठ ०६, २०८१, आइतबार
               

पौडेल समूहले पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरउँदै

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । महाधिवेशन निर्वाचनको निष्पक्षतासँग असन्तुष्ट हुँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले गरेका निर्णय सच्याउन माग राखी पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने तयारी गरेको छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहको एक गोप्य भेलाले पार्टी सभापति देउवाले गरेका निर्णय सच्याउन माग गर्ने निर्णय गरेसँगै सो समूहले आइतबार केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ताको तयारी गरेको हो । 

पार्टी कार्यालयमा दर्ताका लागि तयारी गरिएको सो विरोध पत्रका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत २७ जनाको हस्ताक्षर छ  ।

बसुन्धरास्थित एक पार्टी प्यालेसमा शनिबार पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक बसेको थियो । 

सका अलवा आइबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्णप्रसाद सिटौला पनि छलफलमा जुटेको बताइएको छ । तर, सो बैठकबारे विस्तृत जानकारी बाहिर ल्याइएको छैन । 

यो पनि