जेठ ०६, २०८१, आइतबार
               

राप्रपा विधान मस्यौदा समिति गठन

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय चाबहिलमा  पार्टी अध्यक्ष  डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा उपस्थित बैठकले समितिका सदस्यमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको समिति गठन गरेको हो ।

पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक भने यही असोज ११ गते तोकिएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि