जेठ ०६, २०८१, आइतबार
               

लामो रस्साकस्सीपछि राप्रपामा चुनाव चिन्ह हलो राख्ने सहमति

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणपछि बनेको राप्रपाको चुनाव चिन्ह विवाद समाधान भएको छ ।

कमल थापा नेतृत्वको पूर्वराप्रपाका केही नेताले चुनाव चिन्ह गाई नै हुनुपर्ने मान्यता राख्दै आएका थिए । तर पूर्व राप्रपा संयुक्तका पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीलगायतले हलो चुनाव चिन्ह हुनुपर्ने अडान राखेपछि एकतापछिको राप्रपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

लामो विवाद, वहस र छलफलपछि राप्रपा कार्यसम्पादन समितिको मंगलबारको बैठकले झण्डामा गाई र चुनाव चिन्ह हलो राख्ने गरी निकास निकालेको नेता दीपक बोहराले जानकारी दिए । 

राप्रपा आज मंगलबार नै एकीकृत दल दर्ताका लागि निर्वाचन आयोग जाँदै छ । बैठकले आगामी बैशाखमा पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि