जेठ ०६, २०८१, आइतबार
               

नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको बैठकमा यस विषयमा छलफल भएको हो ।

बैठकमा नेताले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने सुझाव राखेका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, निर्णय हुन बाँकी छ ।’ 

बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि एक बजे फेरि बैठक बस्नेछ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो । 

पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बसेको बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि