बैशाख २९, २०८१, शनिबार
               

मुख्यमन्त्री शेरधनकी श्रीमती बताउने बालिका खड्का प्रहरीको नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भनी बताउँदै आएकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठककक्षमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी बैठककक्षतर्फ नेताहरुलाई भेट्नुपर्ने भन्दै प्रवेश गर्न खोजेकी थिइन् । हाल उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । तर, उनले ३१ भदौमा अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको उल्लेख गर्दै सो मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।

यो पनि