जेठ ०२, २०८१, बुधबार
               

पहिलो पटक पेरिसडाँडामा पार्टी बैठक हुँदै गर्दा यस्तो देखियो

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्दै छ । जसका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार पाएपछि उनले पहिलोपटक पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । पेरिसडाँडामा पहिलोपटक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि गएका छन् । 

सो बैठकमा मन्त्रिपरिषदबारे छलफल हुने नेकपा एक स्रोतले जानकारी दिएको छ । उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्वय गर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि