जेठ ०६, २०८१, आइतबार
               

नेकपाको सचिवालय बैठक ११ बजे बस्दै

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज ११ बजे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । गत शुक्रबार स्थगित भएको उक्त बैठक आज बिहान ११ बजे पेरिस डाँडामा बस्ने नेकपा स्रोतले जनाएको छ ।

पहिलेदेखि बालुवाटारमा बस्दै आएको सो बैठक यसपटक पेरिसडाँडामा बस्न लागेको बताइएको छ । यसभन्दा अगाडि स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनमा लैजान सचिवालय बैठक बस्न लागेको जनाइएको छ ।

नेकपाको गत भदौ २६ गते सम्पन्न भएको स्थायी कमिटीे बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि