जेठ ०६, २०८१, आइतबार
               

महामन्त्री कोइराला डिस्चार्ज

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मङ्गलबार कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । 

बिहीबार महामन्त्री डा. कोइरालाले भिडियो सन्देश जारी गर्दै आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए । कोभिड–१९ को संक्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनमा ज्वरो र निमोनियाका कारण अस्पताल भर्ना भएका थिए । 

महामन्त्री डा कोइरालाले डिस्चार्जपछि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको उल्लेख गरेका छन् । चिकित्सकको सल्लाहअनुसार केही दिन होमआइसोलेसनमा बस्नेसमेत उनले बताए । महामन्त्री कोइरालाको उपचारमा अस्पतालका निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टोली रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि