जेठ ०६, २०८१, आइतबार
               

जसपाले दोहोर्‍यो संविधान संशोधनको माग

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संविधान दिवसमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पार्टी संगठनलाई आह्वान गरेको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै संविधान दिवसमा भाग नलिने, विरोध सभा गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधान परिवर्तनका लागि भन्दै विरोधका कार्यक्रम राख्न आह्वान गरेका हुन् ।

‘संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायत प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधान परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउन देशका प्रमुख स्थानमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गर्न आमजनसमुदाय एवं सम्पूर्ण पार्टी संगठनलाई आह्वान गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनविद्रोहलगायत आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरेको उल्लेख छ।

संविधान विभेदकारी, अधुरो,अपुरो एवं त्रुटिपूर्ण संविधानले मधेशी,आदिवासी जनजाति, दलित र शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातरजाति एवम् समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न नसेको जसपाको ठहर छ।

शनिबार संविधान दिवस मनाइँदै छ। मधेशवदी दलले सुरुदेखि संविधान संशोधनको माग राख्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि