जेठ ०६, २०८१, आइतबार
               

स्थिरता र स्थायित्वका लागि संविधान संशोधन रोकिँदैन : प्रधानमन्त्री

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गर्ने क्रममा यस्तो बताएका हुन् । यसका अलवा उनले  स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका छन् ।

‘व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिन्छ,  प्रधानमन्त्री ओलीले भने, ‘जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्छ ।केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला ।’

यसका अलवा उनले जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्ने बताए । 

त्यसैगरी, उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताएका छन् । ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ,’ उनले भने ।

संविधान संशोधनको विषयलाई लिएर नवगठित मधेस केन्द्रित दल जसपा असन्तुष्ट हुँदै आएको छ । 

यो पनि