जेठ ०१, २०८१, मंगलबार
               

सरकार संविधानविपरीत हिँडेको काग्रेस नेता सिंहको आरोप

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संविधान जारी भए पनि सरकार त्यसको भावना र मर्मविपरीत हिँडेको आरोप लगाएका छन् । 

गणेशमा सिंहको २३औँ स्मृति दिवसमा भएको एक कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् । प्रदेश तथा स्थानीय सरकारलाई चाहिने कतिपय कानुन निर्माणमा सरकार उदासीन रहेको बताउँदै नेता सिंहले भने, ‘रवैया कस्तो छ भने संविधानमा जे लेखेता पनि उहाँहरु केन्द्रीकृत रुपमा जाने दुष्प्रयास गरिरहनुभएको छ ।’

आमनेपाली जनताले यो सरकारको हरेक गतिविधिलाई एकदम सूक्ष्म तवरले विश्लेषण गरिरहेको बताउँदै उनले यो संविधानको भावना र मर्मविपरीत कदम सरकारले उठाउनु नहुने उनको भनाइ थियो । 

यसका अलवा उनले सरकारले जनतालाई सुशासन दिनुपर्ने बेलामा कोरोनाविरुद्धको औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको बताउँदै सरकारका गलत कामबारे ब्याख्या गर्ने क्रममा वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास जग्गा प्रकरण, ओम्नी, यती होल्डिङ्सलगायतको प्रसंग उठाए । 

पूर्वउपप्रधानमन्त्री सिंहले भने, ‘थुप्रै करप्सनै करप्सन गर्न दुई तिहाइ मत दिएको त होइन नि । सुशासन होस्, जनताको पीरमर्कामा सरकारले सम्बोधन गरोस् भनेर दिएको हो ।’


कस्तो लाग्यो ?

यो पनि