बैशाख २६, २०८१, बुधबार
               

मृत्यु भइसकेपछि पिसिआर नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले मृत्यु भइसकेकाकाे पिसिआर परीक्षण नगर्न निर्देशन दिएपछि नेपाली कांग्रेले आपत्ति जनाएकाे छ । साथै मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

‘शंकास्पद मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण गरिनु झनै जरुरी हुन्छ। आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा हो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘मृत्यु पछि मात्रै पीसीआर ? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर, जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजीमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ’, विज्ञप्तिमा भनिएको छ । 

‘जीवित छँदै परीक्षण नगरिदिँदा परिवारले एकातर्फ तनाव भोगिरहेकै हुन्छ, मृत्युपश्चात् पनि शंकास्पद स्थिति कायम राखिदिँदा झनै अन्याेल र फरक ढंगको मानसिक तनाव बढेर जानेछ । शंकास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवार मुक्त हुन सक्नेछन् ।’ विज्ञप्तिमा उल्लेख छ । 
 


कस्तो लाग्यो ?

यो पनि