बैशाख २६, २०८१, बुधबार
               

‘पार्टीलाई बलियो बनाउनुपर्छ’

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शङकर भण्डारीले योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै पार्टी बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले स्वच्छ छवि भएका नेताहरुलाई पार्टीको आगामी महाधिवेशनमा विजयी गराउन सके मात्रै सङगठन पनि बलियो बनाउन सकिने नेता भण्डारीले बताए ।

उनले सङ्गठन बलियो बनाउन गुट उपगुटमा नलागी एक हुनुपर्ने धारणा व्यक्त गरे । पार्टीका वडा सभापति तुलबहादुर गुरुङको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा नेपाली कांग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई लगायतका नेताहरुले  स्वार्थ त्याग्ने तथा आन्तरिक रुपमा झगडा नगरी पार्टी बलियो बनाउन लाग्नुपर्ने धारणा राखे । 


कस्तो लाग्यो ?

यो पनि