जेठ ०६, २०८१, आइतबार
               

मंसिर मसान्तभित्र नेकपाले सदस्यता नवीकरण गरिसक्ला त ?

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

नेकपा संगठन विभागको बैठक सकिएको छ । स्थायी कमिटी बैठककको निर्णय बमोजिम साविकका एमाले माओवादी केन्द्रको सदस्यता नवीकरणको काम सुरु गर्न निर्देशन दिएको संगठन विभाग सदस्य एवं केन्द्रीय सदस्य रेखा शर्माले बताइन् ।

स्थायी कमिटी बैठकले मंसिरभित्र नवीकरणको काम सक्ने निर्णय गरेपछि संगठन विभाग आफ्नो काममा तातेको हो । 
पार्टीमा विभागलाई पूर्णता दिनुका साथै एकताको कामलाई तकाल अघि बनाउने निर्णय भएको शर्माले बताइन् । चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय भएपछि संगठन विभाग आफ्नो काममा लागेको हो ।

नेकपा तत्कालीन एमालेको ४ लाख माओवादीको ३ लाख क्रियाशिल सदस्यता भएको नेताहरूले दाबी गर्दै आएका छन् । बैठक संगठन विभाग प्रमुख वामदेव गौतम उपप्रमुख जनार्दन शर्मा सातै प्रदेशका इन्चार्ज र सदस्यहरू गरी १५ जनाजतिको सहभागिता रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि