मंसिर ०१, २०८१, शनिबार
               

रेशम चौधरीलाई तत्काल रिहा गर्न जसपाको माग

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा मुद्दा चलाउने धन, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको दावी गर्दै त्यस्तो कार्य बन्द गर्न आग्रह गरिएको छ ।

जेलमा रहेका जसपा नेपालका नेता चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि सरकारले लगाइएका मुद्दा खारेज गरी चौधरीलाई रिहा गर्न माग गरेको छ । 

जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुद्ध तथा मधेश आन्दोलन र थरुहट आन्दोलन लगायतका विभिन्न संघर्ष एवं बलदानीका कराण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपा नेपालको विज्ञप्तिमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि