बैशाख २०, २०८१, बिहीबार
               

कार्यकाल सकिन लागेका पाकिस्तानी राजदूतले गृहमन्त्री थापालाई भेटे

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आइतबार भेटेका छन्।  गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

जावेद नेपालमा कार्यकाल सकेर फर्कन लाग्दैछन् । थापाले जावेदको कार्यकाल सफल भएको बताउँदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेलेकामा धन्यवाद दिए । उनले आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

राजदूत जावेदले नेपाल । पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको र नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताए । उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे ।

राजदूत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि