जेठ ०४, २०८१, शुक्रबार
               

महाधिवेशन नसार्न वरिष्ठ नेता पौडेलको आग्रह

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न बाहनामा महाधिवेशन सार्न हात धाोएर लागि नपर्न आग्रह गरेका छन् । 

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको भर्चुअल विचार गोष्ठीमा पौडेले सभापति शेरबहादुर देउवाले केही जिल्लामा क्रियाशील सदस्यता वितरण अड्काएर कार्यतालिका नै प्रभावित पार्न उद्धत रहेको भन्दै यस्तो आग्रह गरेका हुन् । 

'अहिले महाधिवेशन गर्न सकिएन भनेर म्याद थपियो भने त्यो म्यादमा पनि महाधिवेशन हुँदैन । त्यसपछि के गर्ने नि ? निर्वाचन आयोगमा गएर निवेदन दिने यही कमिटीलाई मानिदेऊँ ?' सो भर्चुवल गोष्ठीमा उनले भने । 

उनले भने, 'यसरी विधानको बाध्यता देखाएर महाधिवेशन टार्ने हो भने सभापति देउवालाई नै आजीवन सभापति भनेर लेखिदिऊँ ।’

यसका अलवा पौडेलले आफूले महासमिति र कार्यसमितिमा १४ औँ महाधिवेशनको कार्यतालिका पेस गरेको बताउँदै त्यसमा नेताहरु गम्भीर नभएको बताए । त्यसैगरी, उनले भातृसंस्थाको अधिवेशन समयमा नगरेर सभापति देउवाले पार्टीलाई कमजोर बनाएको आरोप लगाए । 

पौडेलले पार्टी नेतृत्वले यस्तो जटिल अवस्थामा पनि जनतामा प्रभावपार्ने गरी काम गर्न नसकेको बताए । सरकारका कामबाट जनता निराश  भएको बताउँदै उनले प्रमुख प्रतिपक्षीको रुपमा नेपाली कांग्रेसको नेतृत्वले प्रभावकारी भूमिका खेल्न नसकेको बताए। 

यो पनि