जेठ ०४, २०८१, शुक्रबार
               

एमसिसीबारे कुप्रचार गर्नेहरु एमसिसी पारित गराउन खोज्ने दलाल हुन्  : रावल

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् ।

शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएसँगै नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो सार्वजनिक गरेका हुन् । 

उनले सो सामाजिक सञ्जालमा आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु  नै एमसीसी पारित गराउन लागिपरेका दलाल भएको उल्लेख गरेका छन् ।

उनले सार्वजनिक गरेको सो सामग्रीमा भनिकएको छ, ‘मैले भन्दै नभनेको कुरा गरी एमसिसी पारित गर्नुपर्छ भन्ने भनी कुप्रचार अभियान चलाउनेहरू एमसिसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन रावलले सो सामग्रीमा भनेका छन् । नेता रावल एमसिसी हुबहु पास गर्नुको सट्टा त्यसलाई संशोधन गरेर मात्रै पास गर्नुपर्छ भनी अडान राख्दै आएका छन्  ।

शुक्रबार बसेको नेकपाको स्थायी कमिटीको बैठकले परिमार्जनसहित एमसिसी पारित गर्नुपर्ने निर्णय गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि