जेठ ०५, २०८१, शनिबार
               

एमसिसीलाई संसदबाट अनुमोदन गर्ने नेकपाको निर्णय

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।  

'एमसिसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ', उनले बैठकपछि भने 'यसबारे छिट्टै निर्णय हुनेछ । तर के संशोधन र परिमार्जन गर्ने भन्‍नेबारेमा पार्टीमा अझै छलफल हुन्छ ।' प्रवक्ता श्रेष्ठ २०७६ माघ १५-१९ को केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले दिएको सुझावसहितको प्रतिवेदनलाई ध्यानमा दिएर एमसिसीबारे निर्णय लिने पनि बताए ।  

'पार्टीले यसबारेमा छिट्टै निचोड निकाल्ने छ', उनले भने, 'वरिष्ठ नेता झलनाथ खनाल कार्यदलको प्रतिवेदनलाई पनि ध्यान दिँदै एमसिसीमा संशोधन र परिमार्जन गरिने बुँदा तय हुनेछ ।'

यसअघि नेकपाबाटै एमसिसीको विरोध भएपछि यसपटक एमसिसीको निर्णय हुनुअघि नै नेकपामा आफ्नो पार्टीको विरोध गर्न नपाइने नियम बनाइसकेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि