जेठ ०५, २०८१, शनिबार
               

नेकपा स्थायी कमिटी बैठकद्वारा महाधिवेशनको मिति तय

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । लामो समययताको विवाद मिलाउँदै नेकपाले एकता महाधिवेशन २०७६ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको मुद्दा उठाए पनि अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

असार १० गते सुरु भएको बैठक आज एकता र समझदारी कायम गर्दै सकिएको छ ।

महाधिवेशनबारे थप छलफल गर्न नेकपाले केन्द्रीय समिति बैठक कात्तिक १५ गते बोलाएको छ । महाधिवेशनको तयारीबारे कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समितिमा छलफल हुने पवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

रधानमन्त्री केपी ओली नेकपा स्थायी कमिटी बैठक बीचैमा छोडेर बाहिरिएका छन् । बैठकको शुरुमा आफ्ना कुरा राखेर उनि बाहिरिएको एक सदस्यले समाचार दैनिकलाई जानकारी दियो । कोरोना संक्रमणको त्रासका कारण प्रधानमन्त्री बैठकमा धेरै बस्न नचाहेको बताईएको छ । तर कतिपय नेताहरुले भने प्रधानमन्त्रीले बैठक फेस गर्न नचाहेको अर्थ लगाएका छन् । प्रधानमन्त्री ओली सरकारका कामका लागि हुने बैठक तथा अन्तरक्रियाहरुमा घण्टौं बस्ने गरेपछि पार्टीका पछिल्लो बैठकहरुमा नआउने वा आएपनि शुरुमै बोलेर हिड्ने गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बैठक शुरु भएको थियो । बैठकअघि आजै प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो। पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक ४३ दिनपछि आज बसेको हो । आजै सक्ने लक्ष राखिएको बैठकले पार्टी भित्रको विवाद समाधानका लागि गठित कार्यदलले दिएको रिपोर्ट पारित गर्ने काम हुने एक नेताले जानकारी दिए । नेकपामा रिपोर्टले भने अनुसार अघि बढे पार्टी भित्रकाे समस्या समाधान हुने एउटा पक्षकाे बुझाइ छ भने अर्काे पक्ष कार्यान्वयन कसरी हुन्छ हेरेर अघि बढ्ने पक्षमा छ ।

Read more at: https://samachardainik.com/news-details/52224/2020-09-11
प्रधानमन्त्री केपी ओली नेकपा स्थायी कमिटी बैठक बीचैमा छोडेर बाहिरिएका छन् । बैठकको शुरुमा आफ्ना कुरा राखेर उनि बाहिरिएको एक सदस्यले समाचार दैनिकलाई जानकारी दियो । कोरोना संक्रमणको त्रासका कारण प्रधानमन्त्री बैठकमा धेरै बस्न नचाहेको बताईएको छ । तर कतिपय नेताहरुले भने प्रधानमन्त्रीले बैठक फेस गर्न नचाहेको अर्थ लगाएका छन् । प्रधानमन्त्री ओली सरकारका कामका लागि हुने बैठक तथा अन्तरक्रियाहरुमा घण्टौं बस्ने गरेपछि पार्टीका पछिल्लो बैठकहरुमा नआउने वा आएपनि शुरुमै बोलेर हिड्ने गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बैठक शुरु भएको थियो । बैठकअघि आजै प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो। पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक ४३ दिनपछि आज बसेको हो । आजै सक्ने लक्ष राखिएको बैठकले पार्टी भित्रको विवाद समाधानका लागि गठित कार्यदलले दिएको रिपोर्ट पारित गर्ने काम हुने एक नेताले जानकारी दिए । नेकपामा रिपोर्टले भने अनुसार अघि बढे पार्टी भित्रकाे समस्या समाधान हुने एउटा पक्षकाे बुझाइ छ भने अर्काे पक्ष कार्यान्वयन कसरी हुन्छ हेरेर अघि बढ्ने पक्षमा छ ।

Read more at: https://samachardainik.com/news-details/52224/2020-09-11

कस्तो लाग्यो ?

यो पनि