जेठ ०५, २०८१, शनिबार
               

नेकपाको स्थायी कमिटी बैठक ११ बजे बालुवाटारमा बस्दै

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ । गत साउन १३ गतेबाट स्थगित भएको उक्त बैठक आज बस्न लागेको नेकपा स्रोतले जनाएको छ ।

सो स्थायी कमिटीमा केपी शर्मा ओलीको  प्रधानमन्त्री र नेकपाकै अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि झण्डै फुट्ने अवस्थामा पुगेको थियो । त्यसपछि नेकपा कार्य दलले नै बनाएको प्रतिवेदनमाथि छलफल गर्न आज उत्तक्त बैठक बोलाइएको सो कार्यदलका संयोजक महासचिव विष्णु पौडेलले बताए ।

स्थायी कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उनको भनाइ छ । नेकपाकै अर्का अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल एकजुट भएर ओलीको राजीनामा मागिएको थियो भने ओलीले दुवै पद नछाड्न अडान लिँदै आएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि