बैशाख २०, २०८१, बिहीबार
               

प्रस्तावित तीन राजदूतको नामावली सर्वसम्मत अनुमोदन

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सिफारिस गरेका तीन प्रस्तावित राजदूतको सर्वसम्मत अनुमोदन भएको छ । 

बिहीबार सरकारले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो ।

तर, सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले अनुमोदित नामावलीप्रति असन्तुष्टि जनाएका छन् । उनले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पटक-पटक समावेशी सिद्धान्तमा समावेशीको सिद्धान्तका आधारमा राजदूत सिफारिस गर्न अनुरोध गरे पनि सो पालना नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

यो पनि