जेठ ०५, २०८१, शनिबार
               

कांग्रेसले सातै प्रदेशमा भर्चुवल कार्यक्रम गर्ने

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ।

कांग्रेसले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा सातै प्रदेशमा भर्चुवल एकहप्ते कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठन नेता रामचन्द्र पौडेललगायत नेताले संबोधन गर्ने कार्यक्रम छ ।  

सो कार्यक्रमको मूल विषय ‘कोरोना संक्रमणको सन्दर्भ: नियन्त्रण तथा रोकथामसँगै सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषय रहेको छ । सो विषयमा नेता तथा कार्यकर्तासँग छलफल हुने बताइएको छ । 

यस्तो छ, कार्यतालिका

प्रदेश १  भदौ २७ गते 

 प्रदेश २ भदौ २८ गते

बागमती प्रदेश भदौ २९ गते

गण्डकी प्रदेश भदौ ३० गते

प्रदेश ५ भदौ ३१ गते  

कर्णाली प्रदेश असोज १ गते  

सुदूरपश्चिम प्रदेश असोज २ गते

यो पनि