जेठ ०४, २०८१, शुक्रबार
               

संशोधनसहित एमसीसी संसदबाट अनुमोदन गर्ने अध्यक्षद्वयको प्रस्ताव

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसी संशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

विगतमा विवादको मुख्य एजेन्डा बन्दै आएको सो विषयलाई दुई अध्यक्षले नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा संशोधनसहित संसदबाट अनुमोदन गर्ने प्रस्ताव गरेका हुन् ।  

सो प्रस्तावमा उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्ने उल्लेख छ । 

एमसीसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलले यसअघि नै बुझाएको प्रतिवेदनमाथि पार्टी कमिटीमा छलफल गर्न लागिएको हो । कार्यदलले संशोधन र परिमार्जन गरेर मात्रै अनुमोदन गर्नुपर्ने सुझाव दिएको थियो ।

मुख्यतया नेकपाभित्रै सो विषयलाई लिएर विवाद हुँदा सो विषय संसदबाट अनुमोदन हुन सकेको थिएन । सो विषयमा विगतमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भीम रावललगायत नेता खरो रुपमा उत्रिएका थिए ।  

सो प्रोजेक्टका लागि अमेरिकाले ५० करोड डलर अनुदान दिने र नेपालले १३ करोड डलर लगानी गर्नुपर्नेछ । नेपाल सरकार र अमेरिकी संस्था एमसीसीबीच २९ भदौ २०७४ मा एमसीसी कम्प्याक्टमा हस्ताक्षर भएको थियो ।

यो पनि