जेठ ०८, २०८१, मंगलबार
               

देउवा भन्छन्– ‘हाम्रो पार्टीमा झगडा अहिले मात्रै होइन, हिजो पनि थियो’

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा विवाद पहिलेदेखि नै हुँदै आएकाले अहिलेको विवादलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

संस्थापक नेता बिपी कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा मंगलबार पार्टीले आयोजना गरेको भर्चुअल कार्यक्रममा देउवाले झगडा हुनु स्वाभाविक भएको उल्लेख गरे ।

उनले विवादकै कारण कृष्णप्रसाद भट्टराईले पार्टी छाडेको स्मरण गर्दै अहिले कसैले पनि त्यस्तो अवस्था भोग्नुनपरेको बताए । देउवाले भने, ‘हाम्रो पार्टी पहिल्यैदेखि झगडा थियो । किसनजीले झगडाकै कारणले पार्टी छाड्नुभएको हो । अहिले म कसैले पनि पार्टी छाड्न नपरोस् भन्नेमा गम्भीर छु, देउवाले भने ।

उनले आफूले समयमै पार्टीको १४औं महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा रहेको जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनको तयारी नपुगेकाले तोकिएको समयमा हुने आशंका गरेपछि देउवाले आफू निर्धारित समयमै गर्ने पक्षमा रहेको बताउँदै कांग्रेसले बिपीले देखाएको बाटो कहिल्यै नछाडेको र समयअनुसार चल्ने दाबी गरे ।

देउवाले बिपी सानो देशको ठूलो नेता भएको उल्लेख गरे । उनले अहिलेको सरकारले कोरोनाको नाममा भ्रष्टाचारबाहेक केही गर्न नसकेको आरोप लगाए । सभापति देउवाले भने, ‘कोरोनाको नाउमा भ्रष्टाचार गर्नेबाहेक यो सरकारले केही गरेन । जता पनि भ्रष्टाचार गरेको छ ।

पिसिआर बढेको छैन, जनताले मल पाएका छैनन्, जतातत्यै समस्यै समस्या छन् ।’ उनले अब एकपटक कम्युनिष्टसँग लड्नुपर्ने अवस्था आएको चेतावनी दिए ।


कस्तो लाग्यो ?

यो पनि