जेठ ०२, २०८१, बुधबार
               

सीमामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खुकुलो गर्न फोरमको आग्रह

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा सेना परिचालन गर्न आग्रह गरेको छ । 

मंगलबार बसेको फोरमको सो बैठकले नाकामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञालाई खुकुलो पार्दै जान आग्रह गरेको हो । 

उपत्यकाभित्र समुदायस्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाइ गर्नु आग्रह गरिएको फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए । 

यसका अलवा सो फोरमको बैठकले भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई नियमित र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजान सुझाव दिएको छ । फोरमका सचिव श्रेष्ठले उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्नुपर्ने निष्कर्षमा पुगेर त्यसैअनुरुपको व्यवस्थाका लागि संघ सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए । 

सो बैठकले निषेधाज्ञालाई मर्यादित बनाउँदै नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा सचेत र जिम्मेवार बनाउँदै लैजानुपर्ने निर्णय पनि गरेको छ । यसका अलवा फोरम बैठकले उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर प्रणालीमा चलाउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउन सुझाव दिएको छ । 

यो पनि