बैशाख २०, २०८१, बिहीबार
               

नेकपामा कुनै विवाद छैन: नेता पौडेल

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीमा देखिएको विवाद समाधान भएको बताएका छन् । 

मंगलबार जनयुद्धकालीन सहिद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा पौडेलले यस्तो बताएका हुन् । 

सो कार्यक्रममा सहभागी भएका उनले  पार्टीमा कुनै विवाद नभएको बताउँदै  नेकपा अझ सुदृढ भएको बताए । नेता पौडेलले भने, ‘सहिदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुबाहेक अरु केही छैन । 

गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने बताउँदै उनले भने, ‘कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो । जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।’

यो पनि