जेठ ०७, २०८१, सोमबार
               

उपत्यका नाकामा सेना परिचालन गर्न सिडिओको सुझाव

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गतको उपसमितिमा बैठका सहभागी हुँदै प्रजिअले आइतबार  यस्तो बताएका हुन् । 

जति कडाइ गरे पनि उपत्यकामा दैनिक दुई हजार मानिस भित्रिने गरेको प्रजिअ दाहालको भनाइ थियो ।यसका अलवा नाका ठप्प पार्दा उपत्यकामा भोकमरी सुरु हुने बताउँदै उनले उपत्यका भित्रिने नाकामा नेपाली सेना परिचालन गर्न सुझाव दिए । 

यसका अलवा उनले कोरोनाका कारण मृत शरीरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने बताए । उनले भने, ‘संक्रमण बढ्दै जाँदा मृत्यु हुनेहरुको संख्या पनि बढ्ने र अहिले भएको ठाउँले नधान्ने अवस्था आउन सक्छ ।’

यो पनि