जेठ ०५, २०८१, शनिबार
               

कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा दुई सदस्य मनोनीत

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य मनोनीत गरेका छन् ।

उनले पिछल्लो सयम सो विभागमा  मुकेश काफ्ले र  विष्णु धिताललाई मनोनीत गरेका हुन्। देउवाले सो विभागको प्रमुखको जिम्मेवारी काफ्लेलाई दिएका छन् भने उपप्रमुखको भूमिका धिताललाई दिएका छन् । 

विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने विधानको व्यवस्था भए पनि देउवाले बिहीबार विस्तार गरेको शुभेच्छुक संस्था समन्वय विभाग ४८ जना थप गरेका छन् ।

शेरबहादुर देउवाले पार्टी एकलौटी रुपमा चलाएको भन्दै पछिल्लो समय उनको व्यापक विरोध हुँदै आएको छ । यसअघि पनि देउवाले पार्टी विधिअनुरुप भन्दा पनि स्वेच्छाचारी रुपमा चलाउएको भनी आरोप लाग्ने गरेको थियो ।

तर, पछिल्ला यी दुई व्यक्तिलाई मनोनीत गरेसँगै उनको आलोचना अझ बढ्ने संकेत देखिएको छ ।

यो पनि