जेठ ०१, २०८१, मंगलबार
               

तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । 

‘मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र हो,’ सो बैठकमा उनले भने,  ‘ढुक्कसँग काम गर्नुस् ।’ 

यसका अलवा उनले मन्त्रिपरिषद् पुनर्गठन हल्ला मात्रै भएको बताउँदै मन्त्रीहरुलाई ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्न आग्रह गरे ।

नेकपभित्र मन्त्रिपरिषद् पुनर्गठनको बहस चलिरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

यो पनि