जेठ ०९, २०८१, बुधबार
               

ओली-प्रचण्डबीच दुई घण्टा छलफल, के भयो सहमति ?

नेपाल फ्ल्यास
भदौ १७, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (बिहीबार) बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सबै विषयमा छलफल हुने भएको छ ।

बुधबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा पार्टीभित्रका सबै विषयमा सचिवालयमा छलफल हुने भएको सहमति भएको हो ।

भोलि बिहान ११ बजे बस्ने सचिवालय बैठकको एजेण्डा तय गर्नको लागि दुई अध्यक्षबीच आज छलफल भएको हो । दुई अध्यक्षबीच करिब दुई घण्टा छलफल भएको थियो ।

पछल्लो समयमा पार्टीभित्र रिक्त एक राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने वा युवराज खतिवडालाई निरन्तरता दिने भन्ने विषयमा मतभेद देखिएको छ ।

यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पुनः राष्ट्रिय सभामा जाने इच्छा देखाएपछि रिक्त एक पदमा कसलाई पठाउने भन्नेमा नेकपामा मत बाझिएको छ । 

प्रधानमन्त्री ओली हालका अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिने पक्षमा देखिएका छन् । पार्टीले गौतमलाई पठाउने निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

आज बेलुका दुई अध्यक्षबीच दुई घण्टा भएको भेटवार्तामा कार्यदल प्रतिवेदन, राष्ट्रिय सभा सदस्य पदमा सिफारिस गर्ने व्यक्ति लगायतमा छलफल गर्ने सहमति भएको हो । 


कस्तो लाग्यो ?

यो पनि