बैशाख २७, २०८१, बिहीबार
               

भारतका पूर्वराष्ट्रपतिको निधनमा पूर्वमन्त्री थापाद्वारा शोक व्यक्त

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

पूर्वमन्त्री थापाले आज मंगलबार शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका हुन् । मुखर्जीको निधनले भारतले कुशल र दुरदर्शी राजनेता गुमाएको उनले जनाएका छन् । आफ्नो बुबा सूर्यबहादुर थापाको अभिन्न मित्र भएको स्मरण गर्दै पूर्वमन्त्री थापाले मुखर्जीको निधनबाट आफूले अभिभावक गुमाएको उल्लेख गरेका छन् । उनले २०७२ बैशाख २ गते आफ्ना पिताको निधन हुँदा मुखर्जीबाट प्राप्त समवेदना र सान्त्वनासमेत स्मरण गरेका छन् ।

यो पनि