जेठ ०६, २०८१, आइतबार
               

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दु;ख व्यक्त

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको भन्दै ट्वीट गरेका छन् -‘उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ । सार्वजनिक जीवनको विभिन्न हैसियतमा रहँदा उहाँले नेपाल–भारत सम्बन्ध बलियो बनाउन पुर्‍याएको योगदान हामी सम्झिरहन्छौं ।’ 

प्रधानमन्त्री ओलीले भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । मुखर्जीको सोमबार अपराहन्न दिल्लीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा ८४ वर्षकाे उमेरमा निधन भएको हो ।

यो पनि