जेठ ०६, २०८१, आइतबार
               

अन्तरजिल्ला सवारीसाधन र हवाई उडान असोज १ बाट सञ्चालन हुन्छन् : खतिवडा

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं  । सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ बाट मात्र सञ्चलनमा आउने बताएका छन् । 

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै उनले सोमबार यस्तो जानकारी दिएका हुन् । खतिवडाका अुनसार मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको भन्दै उनले भने, ‘यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भए पनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको छ ।’

यसका अलवा उनले आन्तरिक हवाई उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनको भनाइ थियो । 

यो पनि