जेठ ०६, २०८१, आइतबार
               

हेटौँडामा पसल बिहान १० बजेसम्म मात्र खुल्ने

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

हेटौँडा । मकवानपुरका चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हट्ने भएको छ । 

तर, सोमबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

विगतमा साउन २६ गतेदेखि सुरु भएको सो निषेधाज्ञा लगाएको थियो । सोमबारको निर्णअनुसार अब बिहान पाँचदेखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र खुला हुने बताइएको छ । 

जिल्ला संकट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबार, पुस्तकालय, सपिङ मल, स्पा सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, रिक्सा, साइकल ठेलागाडामा गर्ने व्यवसाय र कवाडी संकलन भने बन्द हुनेछन् । तर, अन्य व्यवसाय बिहान पाँचदेखि १० बजेसम्म खुला हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि