जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न निर्देशन दिएका छन् ।

भीआइपीहरुमा पनि कोरोना संक्रमण जोखिम बढिरहेका बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।

हाल गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका छन् । जसका कारण नेकपा सचिवालय बैठक केही समय पर धकेलिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा दुवै अनुपस्थित थिए । दुवै मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि