जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने संकेत

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरेका छन् ।

शनिबार प्राइम टेलिभिजनसँगकाे कुराकानीमा  ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै  अर्थमन्त्री खतिवडाले राम्रो काम गरिरहेको स्पस्ट पारे । 

युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भए पनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए । फागुन २० गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिएका खतिवडा यदि सङ्घीय संसदको सदस्य नरहे अब भदौ २०अर्थमन्त्रीबाट हट्नुपर्नेछ । 

संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार उनलाई निरन्तरता दिने या नदिने भन्नेमा अन्योलता रहेकै बेला ओलीले यस्तो बताएका हुन् । उनलाई मन्त्रीमा निरन्तरता दिन राष्ट्रिय सभाको रिक्त रहेको सदस्यमा मन्त्रिपरिषद्ले सिफारिस गर्नुपर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि