जेठ ०९, २०८१, बुधबार
               

प्रचण्डले पार्टी सञ्चालन गर्नुहुन्छ, म सरकार चलाउँछु : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

काठमाडौैं ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा मिलिसकेको बताएका छन् । उनले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका हुन् ।

प्राइम टेलिभिजनसँगकाे अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि सञ्चालन गर्ने र आफूले सरकार चलाउने बताएका हुन्-‘म सरकार सञ्चालनमा केन्द्रित हुन्छु, प्रचण्डजी पार्टीको काममा केन्द्रित हुनुहुन्छ ।’

पार्टीले सरकारलाई नीतिगत निर्देशन दिन सक्ने तर, सरकार नै सञ्चालन गर्न नसक्ने र अध्यक्ष प्रचण्ड र आफूबीच केही समय सामान्य मनमुटावबाहेक कुनै समस्या नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले आफू सधैका लागि अध्यक्ष र प्रधानमन्त्रीका लागि आएको होइन भन्दै नेतृत्वका लागि तयार रहन समेत नेकपा नेताहरुलाई संकेत गरे भने महाधिवेशनबाट नयाँ नेतृत्व आउने भन्दै सहमतिका आधारमा अगाडि बढ्यो भने कुनै पनि प्रतिस्पर्धी नहुने उनी बताउँछन् ।  

यो पनि