काठमाडौं । नेपाली कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले कांग्रेसमा सर्वसम्मत रूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताएकी छन् ।
सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आयोजना गरेको ‘नेपाली कांग्रेसको पुनर्जागरण अभियान : वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ को भर्चुअल अन्तर्क्रियामा उनले शनिबार यस्तो बताएकी हुन् ।
सो कार्यक्रममा उनले गुट उपगुट अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस बलियो हुन नसक्ने बताइन् । पार्टीमा विधान पालना नहुँदा काँग्रेस कमजोर हुँदै गएको उनको भनाइ थियो । त्यसैगरी, उनले क्रियाशील सदस्यता वितरणमा अनियमितताका कारण कांग्रेस झन् धरासयी बन्दै गएको बताइन् ।
कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापितको दौडधूप चलिरहेका बेला कोषााध्यक्षबाट सो भनाइ आएको हो ।