काठमाडौं । विवेकशील नेपाली दलले होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न आग्रह गरेको छ ।
होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले धरपकडको विरोध गर्दै सो दलले शनिबार एक विज्ञप्तिमार्फत सरकारसँग यस्तो आग्रह गरेको हो ।
शनिबार सो दलको तर्फबाट उपाध्यक्ष अजिता राईले विज्ञप्ति जारी गरिएको छ ।
सो विज्ञप्तिमा संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर–थोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनुहुँदैन भनी उल्लेख छ ।