मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपा सचिवालय बैठक सर्‍यो

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरेको छ । शनिबार (भोलि)को लागि बोलाइएको बैठक एकसातापछि भदौ १८ गते बस्ने गरी बोलाइएको छ । सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि बैठक सरेको बताइएको छ । सहयोगीलाई कोरोना भएपछि केही नेताहरु आइसोलेसनमा छन् ।

सिसिएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’आइसोलेसनमा छन् ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बढ्दै गएपछि भोलिका लागि बोलाइएको सचिवालय बैठक स्थगित गर्नुपरेको हो,’ अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने ।

पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित बैठक बोलाइएको थियो । कोभिड(१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)को कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछि दुई सचिवालय सदस्य आइसोलेसनमा बसेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि