बैशाख २८, २०८१, शुक्रबार
               

अध्यक्षद्वयबीच जारी बैठक सकियो, भदौ १३मा सचिवालय बैठक बस्ने सहमति

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री  र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार बैठकमा पार्टीका दुई अध्यक्षबीच करिब दुई घन्टा लामाे छलफल भएको छ। सो छलफलमा भदाै १३ गते ११ बजे पार्टी सचिवालयकाेे बैठक बाेलाउने सहमति भएकाे उनले जानकारी दिए ।भदौ १३ गते बस्ने बैठकको मुख्य एजेन्डा ६ सदस्यीय कार्यदलले बुझाएकाे प्रतिवेदनमा केन्द्रित हुने उनले बताए ।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली र दाहालको मंगलबारको भेट तय भएको थियो ।

दुई अध्यबीचको विवादका कारण जारी केन्द्रीय कमिटी बैठक पनि स्थगित भएको छ । यसअघि ओलीको विपक्षमा अध्यक्ष दाहाल र वरिष्ठ नेता क्रमश: माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेता तथा कार्यकर्ता एक ठाउँ उभिँदा कमजोरजस्ता देखिने ओली विवाद समाधानका गठित ६ सदस्यिय कार्यदल गठनसँगै बलिया देखिएका छन् ।

यो कार्दल गठनले उनले प्रधानमन्त्रीको पदबाट राजीनामा पनि दिनु नपर्ने अवस्था सिर्जना भएको छ । 


कस्तो लाग्यो ?

यो पनि