जेठ ०३, २०८१, बिहीबार
               

कृष्णबहादुर महरानिकटस्थ कांग्रेस विभागीय सचिवमा नियुक्ति

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्तरिक विवादमा फसेका छन् ।

सभापति देउवाले नेकपाका नेता कृष्णबहादुर महरानिकटका नेता सुरेन्द्र भण्डारीलाई कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेपछि उनी विवादमा फसेका हुन् । 

महाधिवेशन भएको ६ महिनाभित्र सबै विभागमा पदपूर्ति गरिसक्नुपर्ने भए पनि अर्को महाधिवेशनको पूर्वसन्ध्यामा विभागमा पदपूर्ति गर्नेदेखि क्रियाशील सदस्य नरहेकालाई नियुक्ति दिनेलगायत कार्यले सभापति देउवा आलोचित भएका छन् ।

सभापति देउवाले साउन २५ गते भण्डारीलाई विभागको सचिव बनाएका थिए । केन्द्रीय सदस्य एवम् पूर्वसांसद आनन्दप्रसाद ढुंगाना संयोजक रहेको सो विभागको सचिवमा मनोनीत भण्डारी पुल्चोकको लालिगुराँस सहकारी चलाउँदै आएका छन् ।

उपसभापति विमलेन्द्र निधिनिकट मानिने ढुंगानाको सिफारिसमा देउवाले उनलाई वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेका थिए ।

भण्डारीलाई मनोनीत गरिएपछि केही नेता कार्यकर्ताले देउवाको साथ छाड्न थालेका छन्  । यसका अलवा भण्डारीले दिएको गाडी नै  ढुंगानाले चढ्ने गरेको चर्चाले कांग्रेसभित्र खैलाबैला मच्चाएको छ । 

विभागमा मनोनीत हुन क्रियाशील सदस्य रहनुपर्ने व्यवस्थालाई देउवा र निधिले लत्याएर गोरखा जिल्ला स्थायी घर भएका भण्डारीलाई सचिवमा मनोनीत गरेका छन् । जसका कारण देउवाको विरोध भइरहेको छ ।

यो पनि