जेठ ०५, २०८१, शनिबार
               

ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित, निवासमै रोकिए प्रचण्ड

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको प्रतिवेदनबारे छलफल गर्नको लागि हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ ।

गत शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि सो प्रतिवेदनको कार्यन्वयनको विषयमा आज (सोमबार) अध्यक्षद्वयबीच छलफल हुने तय भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुने भनिएको भेटवार्ता ११ बज्नै लाग्दा स्थगित भएको हो ।

नेकपाको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेका ओली-प्रचण्डले आजदेखि एजेण्डागत रुपमा छलफल सुरु गर्ने बताइएको थियो ।

तर, प्रधानमन्त्री ओलीले आज समय मिलाउन नसकिएको जानकारी (फोनमार्फत) प्रचण्डलाई गराएका थिए । बालुवाटार हिँड्न लागेका प्रचण्ड उक्त जानकारीपछि निवासमै रोकिएका छन् ।

साउन ३० गते अध्यक्षद्वयले महासचिव विष्णु पौडेल नेतृत्वमा गठन गरेको कार्यदलले भदौ ६ गते १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । 

अध्यक्षद्वयको छलफल निष्कर्षमा पुगेपछि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । सचिवालय बैठकमा छलफल गरेपछि प्रतिवेदन पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ । 

यो पनि